अमेरिकामा बेपत्ता ममताका पति नरेशलाई बिहीबार पुनः अदालत लगिने
अमेरिकाको भर्जिनियामा एक महिनादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको आरोपमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहीबार पुनः अदालत पेस गरिने भएको छ।
ग्रान्ड जुरीसमेत रद्द गर्न न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोसनका सन्दर्भमा बिहीबार सुनुवाइ हुँदै छ।
बिहीबार बिहान १० बजेका लागि सुनुवाइमा अभियुक्त नरेशलाई पनि उपस्थित गराइने भएको हो।