आस्था /आध्यात्म

कैलालीको अमरावती सत्संग भवनमा सत्संग सम्पन्न

बिज्ञापन

अमरावती, २० असोज । कैलालीको अमरावती सत्संग भवनमा सत्संग सम्पन्न भएको छ ।

देहरादूनबाट आउनु भएका ज्ञानप्रचारक भरत बहादुर ठाकुरले साध संगतलाई सम्बोधन गर्दै भन्नुभयो कि यदि हामी आफ्नो जीवनलाई फर्केर हेर्छौ भने हामी के थियौं, न कुनै गुण थियो, न कुनै कला थियो, न कुनै शक्ति थियो तर सत्गुरुको कृपाबाट हामीलाई अमूल्य खजाना प्राप्त भयो । निराकार–परमात्माको साक्षात्कार दर्शन भयो । हामी जतिसुकै सत्गुरुलाई धन्यवाद गरौं, त्यो थोरै हुने छ किनभने यो अमूल्य जीवन प्रदान गर्ने पनि सत्गुरु नै हो । यसको कृपाले एक–एक स्वाँस लिरहेका छौ । गुरमत अनुसार नै आफ्नो जीवनलाई डो¥याउ, यदि मनमत अनुसार हिड्छौ भने जीवन भ्रममा फस्ने छ । संसारमा दुई मत रहेका छन्– एक मनमत र अर्को गुरुमत । यदि हामी गुरमत अनुसार हिड्छौ भने संसारमा राम्रो नै राम्रो हुने छ, उहाँले बताउनु भयो ।

बिज्ञापन

रावणको बारेमा हामी सबैलाई थाह छ । रावण ठुलो विद्वान पण्डित थियो, बुद्धिमान, पराक्रमशाली, भगवान शीवको परम भक्त, तण्डव नृत्य गर्ने सबैभन्दा ठुलो कलाकार आदि सबै गुणले परिपूर्ण थियो । जब माताले भगवान रामलाई भन्नुभयो तिमीले रावणलाई मारिदियो ? तब भगवान राम भन्नुहुन्छ कि आमा मैले मारेको होइन, रावणलाई त उसको ‘म’ ले मारेको हो । उसलाई मको अभिमानले मारेको हो । आज सत्गुरुले हामीलाई यहि कुरा सिकाउनु भएको छकि हामीले कहिल्यै पनि अभिमान गर्नु हुँदैन । सत्गुरुले ब्रम्हज्ञान प्रदान गरिसकेपछि तीन ओटा काम दिनुभयो । ती हुन सेवा, सत्संग, सुमिरण । सत्गुरुको वचन अनुसार जीवन छदासम्म यी ३ ओटा काम गर्दै जानु छ । मनको यस तारलाई निराकार प्रभुसंग जोडेर राख्नु छ । मायाको प्रभावमा नपरेर गुरुको वचन अनुसार हामीले हिड्नु छ । सानो–ठुलोको कुनै भेदभाव नगरेर हामी सबै एक परमात्माका सन्तान हौ भन्ने भावनालाई ह्दयङ्गम गरेर अगाडि बढ्नु छ, उहाँले सम्झाउनु भयो ।

उहाँले गुरसिख सधैं सतवचनी हुने भएकोले ऊ सधै सत्यको बाटोमा अग्रसर हुन्छ । गुरुको आज्ञालाई सधैं शिरोधार्य गरेर नेक कार्यमा जीवन व्यतित गर्दछ । क्रोधलाई विराम दिएर सधैं सहनशीलतालाई अपनाउने गर्छ । हामीले पनि प्रेम, नम्रता, धैर्य, दया, समभावलाई अपनाउनु छ । बोलीबाट नभएर कर्मबाट आफ्नो पहिचान बनाउनु छ । टाढाबाट पनि यदि कसैले देख्छ भने त्यो निरंकारी भएको उसलाई आभास होस, त्यस्तो कर्म बनाउनु छ । अन्तमा उहाँले सबै सन्त–भक्तहरुलाई हरियाणामा हुन गइरहेको ७७औं निरंकारी सन्त समागममा सहभागी हुन आमन्त्रण गर्नुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

सत्संग कार्यक्रममा नृप एवं साथी, सेवादल संचालक जगत सिंह, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, भवनका मुखी पदम सिंह, नयाराम बटाला, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल र देहरादूनबाट आउनु भएकी गीतकार तथा गायक शोभा ठाकुरले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन ज्योति सिंहले गर्नुभएको थियो ।