प्रवासी नेपाली सम्पर्क मंच कर्नाटक राज्य भेला सम्पन्न

टेक नारायण पौडेल दयालु
७ माघ बेङ्लोर
प्रवासी नेपाली सम्पर्क मंचको कर्नाटक राज्यको प्रथम भेला प्रवासी नेपाली हरुको बाक्लोउपस्थितिमा बेङ्लोरको सिकाबल्लापुरामा सम्पन्न भएको हो।
कार्यक्रमको सभापतिमा दिपक आचार्य रहेका थिए भने
प्रमुख अतिथी रास्वपा सुदुरपश्चिम् प्रदेश सभापति प्रकाश बिष्टको उपस्थिति थियो

बिशिस्ट अतिथि मा
कणार्ली प्रदेश सहमहामन्त्री हरि प्रसाद अधिकारी र
सुदुरपश्चिम् प्रदेश सहमहामन्त्री सन्तोष जोशी र
भारत तथा दक्षिण एसिया इन्चार्ज
रतन बिस्वकर्माको उपस्थिति थियो ।सो कार्यक्रम मा
स्वागत मन्तब्य उपसभापति प्रेम साउद ले गरेका थिए
कार्यक्रममा मन्तब्य राख्ने हरुमा छबिराज बास्तोला
कृष्णा कडेल
दल बहादुर बोहरा
पहल एन्जि
चन्द्रा सुवेदी लगायतले मन्तव्य मार्फत सम्बोधन गरेका थिए।
बेङ्लोरमा संचालित सगरमाथा रोधी घर बाट आएका कलाकारहरुले विभिन्न नाच गानले कार्यक्रम लाई आकर्षक बनाएको थियो
प्रमुख अतिथि बिष्टले कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपालीहरूको एकता, सशक्तिकरण, र नेपाल प्रतिको जिम्मेवारीबारे महत्वपूर्णकुराको उठान गर्नुभएको थियो त्यसैगरी विशिष्ट अतिथिहरु रतन बहादुर विश्वकर्मा सन्तोष जि र हरि अधिकारीले संगठनले प्रवासी नेपालीहरूको हक हितकालागि गर्दैआएका कार्यहरूको प्रशंसा गर्दै भविष्यका चुनौती हरूसँग सामना गर्न तयार रहन आवहान गर्नुभएको थियो
कार्यक्रममा कर्नाटकभरिबाट सहभागी प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रह्यो। भेलाले संगठनको भावी रणनीति र गतिविधिबारे ठोस निर्णय गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्यो।
यस कार्यक्रममा बोल्ने बक्ताहरुले बिगतमा झै रबि लामिछनेको मात्रै गुणगान गाउने गरेका हुन्थे भने यो कार्यक्रममा भारत मा सङठन बिस्तार प्रवासी नेपाली हरुको हक हित अधिकारमा केन्दित भएर बोलेको देखेपछि त्यहाँ उपस्थित विभिन्न संघ संगठनका ब्यक्ति हरुले यो सङठन पाको बन्दै गइरहेको अनुमान लगाएका थिए।
