Uncategorized

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

झापा, २८ बैशाख । कर्मयोगी महात्मा जन बहादुर राईको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

सन्त निरंकारी मण्डल नेपाल, झापा शाखाले ब्रम्हलीन सन्त जन बहादुर राईको श्रद्धाञ्जली सत्संग कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले मानव भएर यस धर्तीमा आएपछि मानवीय कर्मलाई आत्मसाथ गर्नु अपरिहार्य भएको बताउनु भएको छ । प्रतिकूल मौसमको बाबजुद पनि सम्पूर्ण सन्त भक्तहरु श्रद्धा पूर्वक शान्त वातावरणमा बस्नु एक उदारण भएको कुरा व्यक्त गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो कि विभिन्न पेशा तथा क्षेत्रमा आवद्ध भएपनि एउटै प्रभु–परमात्मा–ईश्वरको चर्चा भएको कारण हामीमा यस प्रकारको समर्पण र एकाग्रता भएको कुरा उल्लेख गर्नुभयो ।

महात्मा जन बहादुर राईप्रति दिल्ली मुख्यालय र केन्द्रीय कार्यालय काठमाडौंबाट पठाइएको समवेदना पत्र परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सन्त निरंकारी सत्संग भवन झापाका मुखी रोहित भट्टराई, युनिट नं. ९९६ का सेवादल संचालक राजेन्द्र महर्जन लागएत सिलिगुडी, तराबारी र नेपालका विभिन्न ठाउँहरुबाट आएका सन्त महात्माहरुले ब्रम्हलीन महात्मा जन बहादुर राईको स्मरण गर्दै उहाँले गर्नुभएका कर्महरुको मुक्तकण्ठले प्रशंसा गर्दै उहाँले देखाउनु भएको बाटोमा हिड्नसके मात्रै साँचो अर्थमा उहाँप्रति श्रद्धाञ्जली अर्पित भएको सार्थक हुन सक्ने आ–आफ्नो धारणा र भजन प्रस्तुत गरेर आशीर्वादको पात्र बनेका थिए भने कार्यक्रमको संचालन रामचन्द्र भट्टराईले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा झापा जिल्लाको साथै छिमेकी जिल्लाहरु सुनसरी, मोरङ र सप्तरीबाट सन्त महात्माहरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्मरण रहोस कि महात्मा जन बहादुर राई २०८२ साल बैशाख २१ का दिन आफ्नो नश्वर शरीर त्यागेर यस निराकारमा समाहित हुनु भएको थियो ।