Uncategorized

धनगढीको शीवपुरीमा सुदूरपश्चिम प्रदेश स्तरीय विशाल सत्संग सम्पन्न

बिज्ञापन

मानवले अज्ञानताको कारण भौतिकतामा आनन्द खोजी रहेको छ– हेमराज शर्मा (के.प्र.वि.संयोज तथा ज्ञान प्रचारक)

धनगढी, १० जेठ । धनगढीको शीवपुरीमा सुदूरपश्चिम प्रदेश स्तरीय विशाल सत्संग सम्पन्न भएको छ ।

बिज्ञापन

सुदूरपश्चिमका प्रायः सबै जिल्लाहरुबाट सहभागि भएका विशाल साधसंगतलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल दिल्लीबाट आउनु भएका केन्द्रीय प्रचार विभाग संयोज तथा ज्ञान प्रचारक हेमराज शर्माले सत्संगमा आउँदा शान्त पूर्वक बसेर सन्तहरुका बाणीलाई हृदयमा ढालेर त्यस अनुसार अगाडि बढछौ भने अवश्व सत्संगमा आएको फाइदा हुन्छ । सन्तहरुको बाणीले जीवनलाई अनमोल बनाई दिन्छ नत्रभने सत्संगमा आएर पनि आफनो ध्यानलाई छेउमा बसेर कुराकानी गर्नुमा नै व्यतित गर्छौ वा त्यसको अमल गर्दैनो भने कुनै फाइदा हुँदैन । जुन सन्त महापुरुषहरुलाई आएर आफ्नो विचार राख्ने अवसर मिल्यो उनीहरु कसैले यस्तो भनेर गएनन् कि हामीहरु पनि लागि रहेका छौ तपाईहरु पनि लागि राख, के थाह कतिखेर मिल्न सक्छ ? उहाँले बताउनुभयो ।

विद्युतको आपूर्ति समय–समयमा आउने–जाने भइरहदा उहाँले भन्नुभयो कि साउण्ड सिस्टम विद्युतको आफूर्ति बिना चल्न सक्दैन, त्यो कुरा हामी सबैलाई थाह छ, त्यस्तै प्रकार यो हाम्रो मानव जीवन हो, कतिखेर प्राणले छोडेर जाने हो । प्राणले छोडेर गइसकेपछि यो भौतिक शरीर कुनै कामको रहदैन । जीवज सधैं रहने छैन तैपनि मानवले विश्वास गर्दैन । युध्रिष्ट र यक्षको बीचमा कुरा हुँदा यक्षले सोध्छन् सबैभन्दा आश्चर्य के हो ? युध्रिष्ट भन्छन् यो जीवन सधैं रहने छैन, तैपनि मानवले विश्वास गर्दैन । हर कोहिले यहि सम्झन्छ कि म त सधैं रहने छु, मृत्यु अहिले आउने छैन, मेरो पालो अवश्य आउने छ । यसरी

अवसर आउँछ भने त्यसलाई नगुमाउनु होस, त्यसै समय यो ब्रम्हज्ञानलाई प्राप्त गरेर मानव चोला पाएको सफल गर । जुन महात्माहरुले भने कि हामीलाई मिलिहाल्यो, यिनीहरुले यो भनेनन् कि लागि राख हामी पनि लागेका छौ, थाह छैन कतिखेर भगवानलाई पाउन सकिन्छ । सन्तहरुले भने हामीलाई मिलिहाल्यो र यो कहिले हामीबाट बिछोड भएकै छैन । जबदेखि मिलेको छ तबदेखि हाम्रो साथमा नै छ । यो जुन मिलेको छ प्रभु–परमात्मा कतै आउने–जाने वाला होइन । यसको प्रकृति नै यस्तै छ । यस्तै सन्देश सन्त–भक्तहरुले युगौ–युगदेखि दिदै आएका छन्, आजपनि दिरहेका छन् । यो उनीहरु आफूले जानिसकेपछि दिरहेका छन्, कुनै अन्दाज वा हावातालमा दिरहेका छैनन् । कुनै कोरा कल्पनाको आधारमा ब्याख्या गरिरहेका छैनन्, उनीहरु त सत्गुरुको कृपाबाट यस निराकारको साक्षात दर्शन गरेर त्यसको अनुभूति

जीवनमा अपनाएर त्यसको बर्णन गरिरहेका छन् । जबसम्म कसैको बारेमा राम्रोसंग जान्दैनौ, जस्तै धनगढीको नाम सुनेका छौ तर त्यहाँ गएका छैनौ भने हामी त्यसको कल्पनामा मात्र गर्न सक्छौ । धनगढी यस्तो किसिमको रहेछ भनेर जान्नको लागि हामीले त्यहाँ जानु पर्ने छ । त्यस्तै उहाँले आफ्नो जीवनमा घटेको एउटा उदाहरण प्रस्तुत गर्दै भन्नुभयो कि म प्रचारको दौरान कुनै स्थानमा गएको थिए, त्यस ठाउँको नाम थियो– पहाडी, त्यहाँ सत्संगको आयोजन गरिएको थियो । कुनै महात्माले गाडी ड्राइभिङ गरिरहनु भएको थियो, उनले गाडीलाई रोकेर भनेकि आउनुहोस पहाडी आइसक्यो । तब दासले भन्यो हामी त पहाडी

जानेवाल थियौं तर यहाँ किन भन्दा उनले भने यस ठाउँको नाम नै पहाडी हो । दास ओलिएर यताउता हेर्न थाल्यो कतै पहाड छैन किनकी दास पहाडी ईलाकामा बस्ने भएकोले सोचेको थियो कि त्यो एरिया पहाड होला तर ती महात्माले भने यो ठाउँ नै पहाडी, यो कुनै पहाडी एरिया होइन केवल नाम मात्र पहाडी हो । तात्पर्य यो होकि जबसम्म कसैको बारेमा थाह हुँदैन तबसम्म त्यसको बारेमा कल्पना गर्ने गरिन्छ । कोरा कल्पना गर्दा–गर्दा पूरा जीवन बिती हाल्त तर त्यसको बारेमा हामीलाई थाह हुँदैन । बाल्यकालदेखि ईश्वरको गुणगान गर्दा–गर्दा जीवन बितिहाल्छ, निराकार–प्रभुको दर्शन गर्न सकेका हुुँदैनौ । आज सन्त निरंकारी मिशनमा सत्गुरुको कृपाबाट केहि क्षणमै साक्षात दर्शन गर्न सकिन्छ, उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, जुन ज्ञान श्रीकृष्णले अर्जुनलाई दिनुभयो त्यही ज्ञान सत्गुरु माता सुदीक्षा जीले मानवलाई दिराख्नुभएको छ । अर्जुनलाई पनि यो निराकार–परमात्माको दर्शन भइरहेको थिएन पछि भगवन श्रीकृष्णले दिव्य चछुद्वारा यस निराकारको साक्षात दर्शन गराउनुभयो । यसको दर्शन गरेर अर्जुनले भने न त यसको कुनै अन्त छ, न त मध्य छ, यो चारैतिर फैलिएको छ, यो न भएको कुनै ठाउँ नै छ । यो अचल, अडोल, अचर, स्थिर रहेको छ, उहाँले सम्झाउनुभयो ।

जबसम्म कसैको बारेमा जान्दैनौ, त्यसको बारेमा कल्पना मात्र हुन्छ त्यस्तै प्रकार भगवानको बारेमा पनि कल्पना मात्र गरिदैछ । ईश्वरलाई भेट्न त खोजिराखेका छन् तर उनीहरुलाई कुन विधिबाट भगवानसंग भेट्न सकिन्छ त्यसको बारेमा उनीहरुलाई थाह छैन । भगवानको दर्शन गर्नु छ भने पहिले हृदयमा इच्छा हुन अनिर्वाय हुन्छ, बिना इच्छाको भगवानको दर्शन गर्न सकिदैन । जुन प्रकार यहाँ सबै जना सत्संगमा आएका छन्, सत्संगमा आउनु कुनै रुचीको कुरा होइन, इच्छा हुनु पर्दछ । त्यस्तै प्रकार निराकारको दर्शन गर्नु छ भने पूरा इच्छका साथ सत्गुरुको शरणमा जानु पर्दछ र सत्गुरुले इच्छाइएको व्यक्तिलाई क्षणभरमा नै दर्शन गराउनु हुन्छ । मानवमा नै त्यो विशेष सामाथ्र्य लुकेको छ, जसबाट नै मानवले ईश्वरको दर्शन गरेर आफूलाई चौरासी लाखको योनिबाट मुक्त गर्न सक्छ, उहाँले बताउनुभयो ।


आजको मानवले अज्ञानताको कारण भौतिकतामा आनन्द खोजी रहेको छ । जस्तो सुकै भौतिकतामा कुनै प्रकारको आनन्दको गुण पाइदैन । आनन्दको मूल केवल परमात्मा मात्र हो । परमात्मा नै आनन्दका गुणहरु निहित रहेका हुन्छन् । परमात्मा किन आनन्दको गुणले परिपूर्ण छ भन्दा यो परिवर्तनशिल छैन, यो शान्त रहन्छ, अचल–अडोल रहेको छ, परमात्मा अविनाशी रहेको छ, पूर्ण रहेको छ । यो सचिनान्द रहेको छ, पूर्ण छ । आनन्दको प्रभु–परमात्मा भएकोले यसको पहिचान गर्नु आवश्यक छ र त्यसको जानकारी केवल सत्गुरुको द्वारमा मात्र पाईन्छ, उहाँले प्रष्ट पार्नुभयो ।

योजना रेग्मीद्वारा हरदेव बाणी गायनबाट आरम्भ गरिएको सत्संग कार्यक्रममा कारण सुनार, निरंकारी आदर्श विद्या मन्दिरका शिक्षिका, सेवादल संचालक अर्जुन पार्की, पवित्रा एण्ड साथी, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सहसचिव नर बहादुर बि.क., धनन्जय एण्ड साथी, झंकर विष्ट, प्रकाश भण्डारी एण्ड साथी, अछाम जिल्ला इंचार्ज जय बहादुर साउँद, मान सिंह तिरुवा, धनगढी सत्संग भवनका मुखी प्रकाश बहादुर साउँद, गीताञ्जली एण्ड साथी, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, मिरा एण्ड साथी, दिपक सेक्सेना एण्ड साथी, विजय शाही, नवीन पाठक, ज्ञानेश्वर गुरुङ, लक्ष्मण भट्टराई, क्षेत्रीय सेवादल संचालक नर बहादुर बटाला, भद्रा रेग्मी, इन्द्रा एण्ड साथी, योगेश्वर तिरुवा, अजित सिंह एण्ड साथी र सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सन्तुष्ट रावल र राजन रेग्मीले कविता पाठ गरेका थिए । अतिथिहरुमा धनगढी उपमहानगर पालिकाकी उप प्रमुख कन्दकला कुमारी राना र गोदावरी धामका अध्यक्ष पदम राज जोशीले सन्त निरंकारी मिशनने मानव कल्याणमा पु¥याएको योगदानको खृलेर प्रशंसा गरेका थिए भने कार्यक्रमको संचालन कविराज रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन