Uncategorizedआस्था /आध्यात्म

सुर्खेतको बीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय विशाल सत्संग सम्पन्न

बिज्ञापन

बीरेन्द्रनगर (सुर्खेत), ११ जेठ । सुर्खेतको बीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय विशाल सत्संग सम्पन्न भएको छ ।

सत्संगमा सहभागि हुन आएका विशाल साधसंगतलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल दिल्लीबाट आउनु भएका केन्द्रीय प्रचार विभाग संयोजक हेमराज शर्माले निराकार परमात्मालाई अनेकौं नामबाट पुकारिने गरिन्छ र यसलाई जान्न सकिन्छ । मानौं केहि समयको लागि परमात्मालाई पनि नजानौ, मुक्तिको पछि पनि नलाऔं, भक्ति पनि नगरौं, मुक्तिलाई पनि छोडि दिऊ तर एउटा कुरा त सत्य छकि जसमा हामी सबै सहमत हुने छौ त्यो हो खुशी त सबैलाई चाहिन्छ, सुख त सबैलाई चाहिन्छ, कुनैपनि व्यक्तिले संसारमा भनोस कि मलाई कुनै सुख, आनन्द, खुशी आदि चाहिदैन, मलाई केवल दुःख चाहियो, के कसैले यस्तो भन्ला ? कसैले भन्दैन । सबैले यहि भन्ने छन् कि जीवनमा मलाई केवल सुख, आनन्द, सुकून नै चाहिन्छ , दुःख त जीवनमा नआउँदा नै राम्रो हुने छ । यसरी जीवनमा प्रत्येक मानवलाई सुख, आनन्द, खुशी नै चाहिन्छ । तर यसलाई कसरी प्राप्त गर्न सकिनछ भन्दा यसलाई सत्गुरुको शरणमा आफूलाई पूर्ण रुपमा समर्पित गरेर नै जीवनमा वास्तविक सुख, आनन्द, सुकून, खुशी आदिलाई पाउन सकिन्छ, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले एउटा उदाहरण दिदै भन्नुभयो कुनै मेलामा दुई साना बच्चाहरु घुमिरहेका थिए । एक बच्चाको पहिरन निकै दयनिय, फोहोर लुगा लगाएको थियो, अर्को बच्चाले निकै आकर्षक, महगा लुगा लगाएको थियो । यी दुबैमा फरक के देखियो भने महगा लुगा लगाउने बच्चा रोई रहेको थियो, उसलाई अनेकौले सम्झाई रहेका थिए, महगा–महगा खेलौना, खानेकुरा दिएपनि त्यो चुप भइरहेको थिएन तर अर्को बच्चा जसले फाटेका, फोहोर लुगा लगाएको थियो त्यो चहि निकै खुशीका साथ बजारमा घुमिरहेको थियो किनभने त्यससंग उसका बुवासंग थिए । उसले आफ्नो बुवाको हात समातेर निर्धक्कका साथ मेलाको आनन्द लिरहेको थियो भने जो बच्चा जसले राम्रा लुगाहरु लगाएको थियो, त्योभने आफ्नो बुवालाई मेलामा खोजी रहेको थियो, रुँदै यताउता भौतारी रहेको थियो । त्यहाँ अरुपनि मान्छेहरु छन् जो बुवा समान छन् तर तिनीहरुले त्यसलाई चुप लगाउन सकिरहेका हुँदैनन्, चुप लगाउनको लागि अनेकौं प्रलोभन दिने गर्छन् तर त्यो चुप लाग्दैन किनकी उसका बुवा त्यससंग छैनन् । यसरी हामी सबैका बुवा निराकार परमात्मा हुन ।

परमात्मा हाम्रो जीवनमा आउँछ भने जीवन खुशीयाली परिपूर्ण हुन जान्छ । यदि मिलेको पनि छैन भने यसलाई पाउन सकिन्छ । यदि जीवनमा यसको आगमन हुँदैन भने हाम्रो जीवनमा कुनै प्रकारको आनन्द, खुशी, सुकून, शान्ति आउन सक्दैन । यो सबै कुरा शास्त्रमा उल्लेख गरिएको छ भन्दै उहाँले शबरी एउटा राजघरानाकी थिइन, उनी मतंङ्ग ऋषिको आश्रममा बस्ने गर्थिन । उनी कुनै धन–धन्य थिइनन् । मतंङ्ग ऋषिले उनलाई ज्ञान गराउँदै भन्नुभयो, ‘तिम्रो भगवान राम प्रति विश्वास छ कि छैन ? यदि अटल विश्वास छ भने राम एक न एक दिन स्वयं हिडेर तिम्रो कुटीमा तिमीलाई दर्शन दिनको लागि अवश्य आउने छन् ।’ वर्षौ बितिसक्यो रामको पर्खाईमा, रामको आश्रमतिर जाने बाटो प्रत्येक दिन सफा गर्थिन र रामको प्रतिक्षामा बस्ने गर्थिन । एकदिन त्यो समय आयो प्रभु राम भिलनीको कुटी पुग्नुभयोे । भगवान राम आएपछि चरणमा शाष्टङ्गडण्डवत प्रणाम गरिन । त्यति बेला शबरीको आँखाबाट आँशुका भेल बगिरहेका थिए । भगवान रामले भने, ‘शबरी तिमीले भक्तिको चरमसिमालाई प्राप्त गर्न सफल भएकी छौ । आउने समयमा

जो–जो भक्तिको पथमा अगाडि बढ्ने छन्, तिनीहरुले पनि तिमीलाई अनुसरण गर्ने छन् । भक्तिको नाम आएपछि भक्तिको रोलमोडलको रुपमा तिम्रो पनि नाम लिइने छ ।’ रामले वरदान दिसकेपछि उनले रामलाई आफ्नो कुटीभित्र लिएर भक्तिको सार सोधिन । रामले उनलाई सम्झाउँदै भने, कुनैपनि धनधान्यले जीवनमा कुनैप्रकारको खुशी दिन सक्दैन, यसले केहि समयको लागि खुशी देला तर चिरकाल दिन सक्दैन । जातिपातिको कुनै अभिमान नगर्नु, प्रेमको भाषा बोल्नु । संसारको सबैभन्दा उत्तम भाषा नै प्रेमको भाषा हो । प्रेमको हाउभावबाट नै भाषालाई सम्झन सकिन्छ, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि आफूलाई कुनै धार्मिक कार्यक्रममा जाने मौका मिल्यो, त्यहाँ सबै आध्यात्मिक विचारधाराका मान्छेहरुले सभा हल खचाखचले भरिएको थियो । बोल्ने क्रममा उनको जब पालो आयो तब उनले एउटा प्रश्न सोध्नुभयो, ‘कति मान्छेहरु हुनुहुन्छ जसले परमात्मालाई मान्नु हुन्छ ? कृपया मान्नेहरुले आफ्नो हात उठाउनु होला ।’ सबैले आफ्ना हातहरु उठाए । हामी सबै परमात्मालाई मान्छौ, त्यसैले त यस सभामा आएका छौ । मेरो अर्को प्रश्न रहेको छ, ‘जो ती व्यक्तिहरु जसले परमात्मालाई जान्दछन्, तिनीहरुले आफ्ना हातहरु उठाउनुहोस ।’ त्यति बेला त्यस सभा हलमा बसेकाहरु मध्ये कसैले आफ्नो हात

उठाएनन् । अन्तमा उनले आफ्नो कुरालाई तुंग्याउनेतिर लागे । निरंकारी मिशनका दुई–चार महापुरुषहरु अगाडि बसेका थिए, तिनीहरुलाई भन्दा सबैले आफ्ना हातहरु उठाएर भने हामी परमात्माको बारेमा जान्दछौ भन्दा सभा हलमा रहेका सबै मान्छेहरु अचम्म परेर हेरेका हे¥यै भए । यिनीहरुले परमात्मालाई जान्दछन् ? भनेर उल्टै प्रश्न गरे । यसरी संसारमा कर्मको आधारमा नै एक दानव बन्यो भने अर्को देउता बन्यो । जसको हृदयमा प्रभु निराकार बस्यो, प्रेम पूर्वक जीवन बाँचे उनीहरु देउता भए भने घृणा, नफरत, इष्र्या, बैर, चुगली, द्वेषबाट जीवन बाँचे उनीहरु दानवको श्रेणीमा आए, उहाँले सम्झाउनुभयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावल, सन्त निरंकारी मण्डल सुर्खेत जिल्ला इंचार्ज सहबीर थापा, ज्ञानप्रचार ऋषिराम सापकोटा, निरंकारी सत्संग भवन बीरेन्द्रनगरका मुखी लिलाराम पुरी, विमला न्यौपाने, देवी ज्ञावाली, सीता एवं साथी, भुपेन्द्र, राधा एवं साथी, जयन्ती केसी, गीता एवं साथी, नविना एवं साथी, रेशमा एवं साथी, शुशिला एवं साथी, झण्डेलाल, देहरादूनबाट आउनु भएका ज्ञानेश्वर गुरुङ, कृष्णा शाही, दैलेख भवनका मुखी जय बहादुर रावल, दिल्लीबाट आउनु भएका लक्ष्मण भट्टराई, विजय जी देहरादून, अजित जी दिल्लीबाट, गुरुविनय जी दिल्लीबा, नवीन पाठक जी दिल्ली, दीपक जी दिल्ली, ज्योति श्रेष्ठ धनगढी, र दिपक रावलले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमालले गर्नुभएको थियो ।

बिज्ञापन