राजनीति

भ्रष्टाचार मुद्दापछि माधवको प्रतिक्रिया- ओली बदलाको भावनाबाट चल्छन्, मेरो राजनीति सक्न चाहन्छन्

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गएको दाबी गरेका छन् ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा ओली बदलाको भावनाले चलेको प्रतिक्रिया दिए ।

बिज्ञापन

उनले भने, ुकेपी ओलीको निर्देशनमा मुद्दा दर्ता भएको हो । उहाँ मेरो विरुद्धमा सुरुदेखि नै लाग्नुभएको हो । मेरो राजनीतिक करियर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि यस्तै किसिमले पटक पटक कोसिस गर्नुभएकै हो । उहाँ बदलाको भावनाबाट चल्नुहुन्छ ।

उनले आफूले भ्रष्टाचार नगरेको र कसैलाई पनि भ्रष्टाचार गर्न आदेश दिने काम पनि नभएको प्रष्ट्याए ।

बिज्ञापन