विकास

कक्षाकोठामा थुप्रेको हिलो सफा गर्दै कैलालीका विद्यालय संचालनको तयारी

बिज्ञापन


असोज ,११
कोरोनाभाइरस महामारीले गर्दा गत चैतदेखि बन्द रहेका कैलालीका विद्यालयमा पठनपाठनको तयारी गरिएको छ ।

बिज्ञापन


यस्तैगरी स्थानीय तहले शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाई सहजिकरण निर्देशिकाअनुसार पठनपाठन गर्ने तयारी सुरु गरेको हो ।


धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले त्यसै निर्देशिकाका आधारमा विद्यालयहरुले विद्यार्थी पहिचान अभिलेखिकरण र वर्गीकरण गरिएको उनले बताए ।


दुर तथा खुला शिक्षालगायतका प्रणालीलाई तत्कालका लागि सिकाई सहजीकरण प्रणालीका रुपमा उपयोग गरि सरकारले शिक्षण सिकाई कार्यलाई निरन्तरता दिने निर्देशिका ल्याएको थियो ।


असोज १५ गतेसम्म रेडियो , टिभी, ईन्टरनेट आदी मध्य केमा कस्को पहुँच छ या छैन भने तथ्यांक दिने काम हुन्छ र त्यसैका आधारमा वर्गीकरण गरि उपयुक्त विधिबाट पठनपाठन सुरु हुन्छ : उनले भने ।


यस्तै गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले असोज १ गतेबाटै कक्षा सुरु भएको बताए ।
१५ गतेदेखि कसरी पढ्ने भने निश्चित हुनछ उनले भने ।भजनी नगरपालिकाका केही विद्यालयमा बाढीले गर्दा हिलो भरीएकाले सफा गरीदै छ।


कतिपय विद्यार्थी अभिलेखिकरणका लागि सम्पर्कमा आउन सकेका छैनन। भाडामा बसेर पढिरहेका , टाढाका र सम्पर्क नम्बर नभएका विद्यार्थीहरु अभिलेखिकरणमा छुटने चिन्ता बढेको छ ।


दीपेन्द्र चारपाते माध्यमिक विद्यालय धनगढीका प्रधानाध्यापक भागिराम चौधरीले संचारको पहुँच बाहिर रहेका विद्यार्थीलाई पठनपाठनको सुविधा पुगाउन बढी ध्यान दिनुपर्ने उनले बताए ।

बिज्ञापन

Leave a Reply