घटना समाचार

पटका गोदाममा विस्फोट, आधा दर्जनको मृत्यु

बिज्ञापन

भारतमा एउटा पटाका गोदाममा विस्फोट हुँदा छ जनाको ज्यान गएको छ । मध्य प्रदेशको मुरैनास्थित एक घरमा रहेको पटाका गोदाममा विस्फोटपछि भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

बीबीसी हिन्दीका अनुसार पटाका गोदाम एउटा घरमा राखिएको थियो । विस्फोटबाट घर पूरै ध्वस्त भएको छ । घटनास्थलबाट एक बालकको उद्धार गरिएको बताइन्छ ।

बम विष्फोटको सूचना पाएलगत्तै प्रहरी–प्रशासन घटनास्थलमा पुगेको छ । भग्नावशेषमा धेरै मानिस फसेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । विस्फोटको कारण पटाका हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीले बताएको छ ।

बिज्ञापन
बिज्ञापन