Uncategorized

३३ देशका प्रवासी नेपाली एकता मञ्च द्वारा बर्तमान राजनीति उथलपुथल लक्षित अपील

बिज्ञापन

मिति २०७७ साल पुस ५ गते तदनुसार २०२० डिसेम्वर २० का दिन नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली सरकारको सिफारिसमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ र २७ गते अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको घोषणा गरेको कुरा स्वागतयोग्य छ ।

तीन वर्ष पहिलेको आमनिर्वाचनबाट नेपाली जनताले राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिको लागि अत्याधिक बहुमत सहितको जनमत यस सरकारलाई दिएको हो । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अस्वभाविक अन्तरपार्टी विग्रहले अत्याधिक जनमतद्वारा गठित यस लोकप्रिय सरकारलाई अनेकौं बाधाव्यवधान खडा गरी हलचल गर्नै नदिने अवस्थामा पुर्याईएको हो । यति मात्र होईन, आगामी पार्टी महाधिवेशनबाट पार्टी अध्यक्ष छोड्ने र आगामी आम निर्वाचनबाट सरकारको नेतृत्वबाट विदा लिने लिखित प्रतिबद्धता गरेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई दिनहुँ जसो अत्तो थापी सरकार र पार्टीलाई चल्नै नदिने अवस्थामा पुर्याएको कुरा हामी सबैलाई जानकारी छ ।

भर्खरै मात्र संवैधानिक परिषदको बैठकमा संवैधानिक दायित्वमा रहेको सभामुखलाई पार्टी गुटको निर्देशन अनुसार अनुपस्थित गराई अढाई वर्षदेखि रिक्त रहेको संवैधानिक निकायहरुलाई निकम्मा नै बनाई छाड्ने काम समेत गरेको कुरा घाम जति नै छर्लङ्ग छ । पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाई सरकारले गरेका हरेक जनप्रिय कामहरुको पक्षमा जनमाहौल सृजना गरी तिनीहरुको प्रभावकारी कार्यान्वयनमा जनपरिचालन गर्नुको सट्टा पार्टीमा गुटबन्दिपूर्ण अवस्था बनाईएको छ ।

पार्टीको सम्माननीय प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने र महामहिम राष्ट्रपतिज्यू विरुद्ध महाअभियोगको तयारी गर्ने मात्रै नभई पार्टीका आफ्नै कमरेडहरुलाई चोर, मानसिक रोगी, पागल, गुटवाज, भ्रष्ट, अलोकतान्त्रिक, अधिनायकवादी जस्ता अत्यन्तै घिनलाग्दा अराजनीतिक आरोपहरु लगाउनुका साथै सम्मानित प्रधानमन्त्री र राष्ट्रपतिलाई मानसिक रोगी, उखाने, भ्रष्ट, अधिनायकवादी, महारानी जस्ता अत्यन्तै घृणित लान्छनाहरु लगाई पार्टीभित्र अराजक र शत्रुतापूर्ण अवस्था बनाएकोले नै आजको यो अवस्था बनेको हो ।

बिज्ञापन

यस विषम परिस्थितिको जिम्मेवारी पार्टीका अर्का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालयका वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल सहितले लिनुपर्दछ । वर्तमान संसदको केही वर्षको अवधि बाँकी छँदै आम निर्वाचनमा जाने अवस्था बन्नु अवश्य पनि सुखद होईन । तथापी, यस विषम परिस्थितिको एक मात्र उपयुक्त विकल्प जनताको ताजा जनादेश लिनु नै हो । जनताले गर्ने फैसलाबाट नै देश अघि बढनुपर्दछ । यसर्थ, प्रवासमा संसारभरि छरिएर रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित हामी प्रवासी नपाली एकता मञ्च नेपाल सरकारको सिफारिसमा महामहिम राष्ट्रपति ज्यूबाट घोषणा भएको आम निर्वाचनलाई हार्दिक स्वागत गर्दछौं ।

लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकोले नेपाली जनताको ताजा जनादेश लिन निर्वाचनमा सहभागी हुन आम नेपाली जनसमुदायमा हार्दिक अपील गर्दछौं ।
संपूर्ण प्रवासी नेपाली एकता मंचहरूका तर्फबाटः
क्र.स नाम देश पद
१ प्रभु थापा अमेरिका अध्यक्ष
२ रमेश पाण्डे अस्ट्रेलिया अध्यक्ष
३ चानक पोखरेल कतार अध्यक्ष
४ रमेश थापा क्यानडा अध्यक्ष
५ लोकनाथ भण्डारी भारत अध्यक्ष
६ तिर्थ गौतम इजरायल अध्यक्ष
७ गोविन्द पौडेल पोर्चुगल अध्यक्ष
८ भक्त वाग्ले फ्रान्स अध्यक्ष
९ बिश्वास बजगाइ नर्बे अध्यक्ष
१० हेम शेर्पा स्पेन अध्यक्ष
११ टंक कटुवाल पोल्याण्ड अध्यक्ष
१२ उत्तम आचार्य चेक रिपब्लिक अध्यक्ष
१३ धर्म राज पाण्डे इटाली अध्यक्ष
१४ कोमल पौडेल फिनल्याण्ड अध्यक्ष
१५ शालिग्राम पन्त बहराईन अध्यक्ष
१६ आत्मा राम खनाल न्युजिल्याण्ड अध्यक्ष
१७ चन्द्र कान्त आचार्य जर्मनि अध्यक्ष
१८ डा. मन मूर्ति भुर्तेल रसिया अध्यक्ष
१९ शिब थापा मकाउ अध्यक्ष
२० प्रेम काजि गुरुङ नेदरलाण्ड अध्यक्ष
२१ पर्शुराम सापकोटा द. कोरिया अध्यक्ष
२२ राज कुमार थापा कुवेत अध्यक्ष
२३ बिक्रम के सि स्विजरलाण्ड सचिव
२४ बोध राज पौडेल बेल्जियम सचिव
२५ गंगा घिमिरे स्वीडेन सचिव
२६ चन्द्रकला निरौला आएरलेण्ड सचिव
२७ श्याम राज पाठक युएई सचिब
२८ दयाराम कुमाल मलेसिया सचिब
२९ यदु राम पन्थि चेक रिपब्लिक सचिव
३० मनोज भुसाल फिनल्याण्ड सचिव
३१ मिलन जी सि न्युजिल्याण्ड सचिव
३२ महेश प्रसाद न्यौपाने ओमन सचिव
३३ विनोद कुमार आचार्य पोल्याण्ड सचिव
धन्यबाद |

बिज्ञापन
बिज्ञापन

Leave a Reply