विज्ञापन

धनगढी, पुस २८ गते । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
उहाँलाई अपराह्न ४ बजे प्रदेश प्रमुख देवराज जोशीले पद् तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
विज्ञापन

सत्ता साझेदार गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा नेकपा (एमाले) का रावल मुख्यमन्त्री बन्नुभएको हाे ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीले उहाँलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
अन्य समाचारहरु
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ गते स्ववियु निर्वाचन
कञ्चनपुरको कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको प्यानल विजयी
चौमाला बहुमुखी क्याम्पसमा संयुक्त प्यानललाई हराउँदै अनेरास्ववियुका बुढा विजयी