स्वास्थ तथा सरसफाइ

रुघाखोकी तथा भाइरल ज्वरोकाे घरेलु उपचार ‘प्याज’

बिज्ञापन

हामीले दैनिक रुपमा भान्सामा प्रयोग गर्दै आएको धेरै तरकारीहरुमा औषधीय गुण लुकेको हुन्छ । हामीले दैनिक खाने खानामा प्रयोग भएका खाधान्न बाहेकका हरियो साग सब्जि लगायत विभिन्न किसीमका चिजहरुले हाम्रो भानसालाई स्वस्थ्य बनाउन मद्दत गर्छ ।

खानाले हाम्रो शरिरमा काब्रोहाइडेटमात्र नभएर हाम्रो स्वास्थ्यलाई सुरक्षित राख्ने तत्वपनि दिइरहेको हुन्छ । भान्सामा प्रयोग हुने प्याज, लसुन, धनिया, अदुवा, बेसार, ल्वाङ लगायत विभिन्न चिजहरुले हाम्रो शरिरलाई रोगसँग लड्ने क्षमताको विकास गरिहेको हुन्छ ।

हरेक बर्ष गमी बढेसंगै बढेको भाइरत ज्वरो रुघाखोकी र डेङ्गुको माहामारी बढ्न थाल्छ । यसरी लाग्ने रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ। ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ।

रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवन कोरोना भाइरसको संक्रमण नियन्त्रणमा समेत लाभकारी हुन सक्छ।रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोबाट छुटकारा पाउने सर्वोत्तम घरेलु उपचारका रुपमा तपाई हाम्रो भान्छामा सजिलै उपलब्ध हुने प्याजको सेवन गर्न सकिन्छ।

बिज्ञापन

यस्ता छन् प्याजको फाइदा :
– प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउछ ।
– यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ ।
– यसमा भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ तथा पोषक तत्व पाइन्छ ।
– प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
– गर्मी मौसममा काँचो प्याज खादाँ लू लाग्ने सम्भावनाबाट बचाउँछ ।
– काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ ।
– पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।

सजिलोको लागी प्याजमा अलिकति नून तथा कागतीको रस राखेर पनि खान सकिन्छ। रुघाखोकी संगै ज्वरो आएको खण्डमा प्याजलाई सानोसानो टुक्रा पारी केही समय (२०-३० मिनेट) दिनमा दुईतीन पटकसम्म सुँघ्ने गरेमा ज्वरो समेत पूर्णतया निको हुन्छ। प्याजका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने, ज्वरो घटाउने, तथा भाइरस विरोधी औषधीय गुणहरु अनुसन्धानबाट प्रमाणित समेत भइसकेका छन्। तसर्थ प्याजको सेवन गरेर रुघाखोकी तथा रुघाज्वरोको असर कम गर्न सकिन्छ। तर खाली पेटमा र धेरै मात्रामा प्याज खाँदा पेट पोल्ने समस्या हुन सक्छ र खाना खाएपछि निश्चित मात्रा मिलाएर खानु उपयुक्त हुन्छ।

त्यस्तै रुघाखोकी लाग्दा मनतातो बेसारपानी सेवन गर्नु एवं बेसारपानीले घाँटी सफा गर्नु (गार्गल गर्नु) अत्यन्तै उपयोगी हुन्छ। रुघाखोकीको घरेलु उपचारमा बेसारको परम्परागत प्रयोगका साथै बेसारका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने र रुघाखोकी बिरुद्धका औषधीय गुणहरु बिभिन्न अनुसन्धानहर बाट पुष्टि भइसकेको छ। रुघाखोकी लाग्दा कतिपय व्यक्तिहरुमा पेट दुख्ने तथा पखाला लाग्ने समस्या पनि देखिन्छ, त्यस्तो अवस्थामा टिमुर ८ देखि १० दाना अथवा आधादेखि एक चिया चम्चा टिमुरको धुलो नचपाइकन औषधि सेवन गरे जस्तै अलिकति पानीसित निल्नसके पखाला र पेटको दुखाईबाट समेत तुरन्तै आराम हुन्छ।

यी जानकारीहरु घरेलु अनुभव तथा विभिन्न अनुसन्धानहरुमा प्रकाशित तथ्यहरुका आधारमा रुघाखोकीको प्राथमिक उपचारमा सहयोगी हुन् सक्ने देखिएको हुँदा प्रस्तुत गरिएका हुन्। यसको प्रयोगले सामान्यतया प्रभावकारी रहेतापनि जटिल प्रकृतिका बिरामी र कुनैपनि रोगको नियमीत औषधी सेवन गरीरहेको बिरामीहरुले भने जुनसुकै औषधी जन्य बस्तु सेवन गर्नु अघि चिकित्सकको सल्लाह लिनु सुरक्षित हुन्छ।

बिज्ञापन
बिज्ञापन