December 1, 2022

मालिका समाचार

देशकाे ऐना

रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा रेखा

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभाको सदस्य तर्फको राप्रपाको उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छिन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमजीवी श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन्  ।

बेलबारी नगरपालिकाको वडा नं ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजारा चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मियता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन् ।

विज्ञापन
विज्ञापन

घरदैलोका क्रममा रेखाले मतदातालाई आकर्षित गर्न विभिन्न गतिविधि गर्दै आएकी छन् । घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छ । उनले जनताको गुनासो सुन्ने र त्यसको सम्बोधन गर्ने तर्फ जोड दिने गरेकी छन् ।