Climate

यस्तो छ आगामी तीन दिनको मौसम पुर्वानुमान

बिज्ञापन

काठमाडौं । हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भोली कार्तिक महिनाको पहिलो दिन १ गते सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कार्तिक ०२ गते बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार देशको पहाडी भू-भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन