घटना समाचार

लम्कीचुहामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ 

बिज्ञापन

लम्कीचुहा : कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

बिज्ञापन

२०६३/१०/२५ गते जबरजस्ती करणी गरी फरार भएका उनलाई जिल्ला अदालत बर्दियाको मिति २०६८/०३/०९ गतेको आदेशले ६ वर्ष कैद सजाय सुनाएको थियो। ईलाका प्रहरी कार्यालय लम्कीले उनलाई २०७९/०६/३० गते गणेशपुरबाटै पक्राउ गरेको बताएको छ। उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन