आस्था /आध्यात्म

आध्यात्म एवं मानवताको दिव्य संगम ७५औं वार्षिक निरंकारी सन्त समागमको तयारी हर्षोल्लासको साथ

बिज्ञापन

दिल्ली, १ कार्तिक । आध्यात्म एवं मानवताको दिव्य संगम ७५औं वार्षिक निरंकारी सन्त समागमको तयारी हर्षोल्लासको साथ भइरहेको छ । विश्वभरिका सबै भक्त एवं प्रभु प्रेमिहरुको लागि वार्षिक निरंकारी सन्त समागम भक्ति, प्रेम एवं मिलवर्तनको एक यस्तो अनुपम स्वरुप हो, जसमा सबै भक्त सहभागि भएर आलौकिक आनन्दको अनुभूति प्राप्त गर्ने गर्दछन् । यस दिव्यताको अविरल श्रृंखलालाई निरन्तर जारी राख्दै सत्गुरु माता सुदीक्षा जी महाराजको पावन सान्निध्यमा ७५औं वार्षिक निरंकारी सन्त समागम १६ देखि २२ नवम्बर २०२२ का दिन भारतको समालखा, हरियाणामा आयोजित हुन गइरहेको छ, जसमा लाखौंको संख्यामा प्रभु प्रेमी भक्तहरु सहभागि भएर सत्गुरु माता जीको पावन आशीष प्रवचनलाई श्रवण गर्ने छन् ।

प्रत्येक वर्षको जस्तै यस वर्ष पनि ७५औं वार्षिक निरंकारी सन्त समागममा विभिन्न संस्कृति एवं सभ्यताको अनौठो संगम हेर्न मिल्ने छ । वार्षिक निरंकारी सन्त समागमको प्रतिक्षा प्रत्येक निरंकारी भक्तलाई सधैं रहने गर्दछ । प्रत्येक वर्ष झै भक्तहरुलाई यी दिव्य सन्त समागमहरुमा सहभागि हुनुको उत्सुकता बनिरहन्छ ताकि उनीहरु त्यहाँ गरिने सेवाहरुमा आफ्नो सानो योगदान दिएर भरपूर आनन्द प्राप्त गर्न सकुन ।

यस वर्षको सन्त समागम स्वयंमा विशेष हुनेछ किनभने पछिल्ला दुई वर्षमा केवल अनलाईन माध्यमद्वारा नै सबै भक्तहरुले सन्त समागमको आनन्द प्राप्त गरे । यस वर्ष सत्गुरु माता सुदीक्षा जी महाराजको पावन छत्रछायामा भक्तहरुलाई दिव्य सन्त समागममा प्रत्येक्ष रुपमा सहभागि हुनुको सौभाग्य प्राप्त भइरहेको छ ।

निसन्देह मिशनको इतिहासमा यो समागम स्वर्णिम अक्षरहरुमा लेखिने छ किनभने यो ७५औं वार्षिक निरंकारी सन्त समागमको आयोजन भव्य एवं विशाल रुपमा गरिदैछ । जस्तै कि सर्वविदित छ कि समागम परिसर एवं त्यसको वरिपरिका क्षेत्रहरुमा सेवा आरम्भ भइसकेको छ । दिल्ली एवं एन.सी.आर.को अतिरिक्त भारतका अन्य राज्यहरुबाट पनि सन्तहरु पुगेर यी सबै सेवाहरुमा आफ्नो योगदान दिरहेका छन् । चाहे त्यो मैदानको सरसफाई होस त्यसको लागि ट्याक्टर, राजमिस्त्री, लंगरको सेवा अथाव कुनैपनि प्रकारको कुनै अन्य सेवा नै किन नहोस सबै सन्त उक्त सेवाहरुमा सहभागि भएर ह्दयबाट सत्गुरुको आभार प्रकट गरिरहेका छन् ।

बिज्ञापन

यस अवसरमा बालबालिका, युवा एवं वृद्धा सबैमा एक नौलो ऊर्जा एवं उत्साहको संचार देख्न सकिन्छ । आजका युवा वर्ग यस भागदौडले भरिएको जिन्दगीमा व्यस्त रहेका छन्, यस्तो समयमा निरंकारी मिशनले ब्रम्हज्ञानको दिव्य प्रकाशद्वारा युवाहरुलाई आध्यात्मसंग जोडि रहेको छ, जसको जीवन्त उदाहरण यो दिव्य सन्त समागम रहेको छ, जसमा सबै वर्ग, जाति, धर्मका भक्तहरु निःस्वार्थ रुपबाट आ–आफ्नो सेवालाई निभाउँदै आफ्नो जीवनलाई सफल बनाउने प्रयास गरिरहेका छन् ।

यो ७५औं वार्षिक निरंकारी सन्त समागम ‘आध्यात्मवाद र मानवियता साथ–साथ’ विषयमा आधारित रहेको छ जसमा विश्वबाट वक्ता, गीतकार तथा कविजनहरु आफ्नो प्रेरक एवं भक्तिमय भावलाई व्यक्त गर्ने छन् । ‘आध्यात्मको अनुभूति एवं आधारमा नै मानवियताको भाव निहित रहेको छ । वास्तविक रुपमा जब हामी समर्पित रुपमा निराकार परमात्मासंग जोडिन्छौ तब हामीभित्र स्वतः मानवियता रुपी दिव्य गुण दृश्यमान हुन थाल्छ र ह्दयमा सबैको लागि केवल परोपकार एवं प्रेमको नै भावना उत्पन्न हुन्छ । सत्गुरु माता जीको पनि यही दिव्य सन्देश छ कि मानव जीवनमा आध्यात्मवाद एवं मानवियता साथ–साथ हुनु अत्यन्त आवश्यक छ किनभने यसको आगमनबाट नै वास्तविक रुपमा जीवन सार्थक बन्ने गर्दछ । यही यस दिव्य सन्त समागमको उद्देश्य पनि हो ।

स्थानीय सन्त समागमको लडीमा सत्गुरु माता जीको नोएडामा १६ अक्टुम्बरका दिन आगमन भयो । सत्गुरु माता जीले भक्तहरुलाई सम्बोधित गर्दै भन्नुभयो कि जब मनको नाता यस परमात्मासंग जोडिन्छ तब चारैतिर परमात्मा नै देखा पर्दछ र सबै आफ्ना लाग्न थाल्छन् ।

बिज्ञापन
बिज्ञापन