घटना समाचार

सन्दीपविरुद्ध मुद्दा दर्ताको तयारी, १२ वर्षसम्म कैद सजाय माग

बिज्ञापन

काठमाडौं । बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा सम्भवत: आजै अभियोग पत्र दर्ता गर्न लागेको हो ।

सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता हुन लागेको जिल्ला सरकारी वकिल कार्यालयले स्रोतले जनाएको छ । प्रहरीले तिहारअघि नै अनुसन्धान प्रतिवेदन बुझाएपनि तिहार र छठको बिदा सकिएर आजदेखि कार्यालय खुल्ने भएकाले अभियोग पत्र दर्ताको तयारी गरेको हो ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् । अभियोग पत्र दर्ता भएपछि अदालतले सन्दीपको बयान लिनेछ । त्यसपछि हुने थुनछेक बहसपछि अदालतले साधारण तारेखमा छाड्ने, धरौटी माग्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।

३ वर्षभन्दा बढी कैद सजाय मागिएको मुद्दामा प्रमाणका आधारमा थुनामा पठाउन सक्ने थुनछेक आदेश हुने व्यवस्था छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन