राजनीति

रौतहट-३ मा प्रभु साहलाई गठबन्धनको समर्थन

बिज्ञापन

रौतहट । रौतहट–३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । साहले एमालेको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएसँगै रौतहट–३ मा एमालेको उम्मेदवारविहीन बनेको छ । स्वतन्त्र उम्मेदवारी दिएपछि साहले आफू एमालेमा नरहेको घोषणा गरिसकेका छन् । पूर्वमाओवादी नेता रहेका साह पछिल्लो समय एमालेको स्थायी कमिटी सदस्य थिए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट–३ मा आफूहरुको उम्मेदवार रहेपनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको बताएका छन् । रौतहट–३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए ।

साहलाई समर्थन गर्ने औपचारिक सहमति भएसँगै पटेलको उम्मेदवारी निष्क्रिय हुने उनको भनाइ छ । रौतहटमा साहको बलियो प्रभाव छ । यसअघि उनले माओवादी केन्द्रबाट साह २०६४ र २०७० को संविधान सभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ को चुनाव पनि उनले त्यहीँबाट जितेका थिए ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन