राष्ट्रिय समाचार

आमसभा र कोणसभा गर्दाको खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने

बिज्ञापन

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा आयोजना हुने आमसभा, कोणसभाको क्रममा लागेको खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । 

बिज्ञापन

बुधवार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमसभा र कोणसभा गर्दाको एकमुष्ठ खर्च बुझाउन उम्मेदवारलाई भनिसकिएको जानकारी दिए । 

‘भोलिबाट चुनावी प्रचारको क्रममा आमसभा, कोणसभा गर्न पाइन्छ । त्यसरी आमसभा, कोणसभा गर्दा मञ्च बनाउन, सजाउन र प्रचार गर्न लागेको खर्च उम्मेदवारले मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्छ । यसबारे हामीले उम्मेदवारलाई जानकारी गराइसकेका छौं,’ थपलियाले भने । 

निर्वाचनको क्रममा हुने खर्च कानून बमोजिमको ढाँचामा राख्न र आयोगमा जानकारी गराउन पनि उनले अनुरोध गरे । त्यसरी बुझाइएको हिसाबको विवरण रजिस्टर्ड अडिटरबाट अडिट समेत गराउने थपलियाले बताए । 

बिज्ञापन