June 3, 2023

मालिका समाचार

देशकाे ऐना

६४ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा
सहकारी क्षेत्रका अवसर र चूनौति विषयक अन्तरक्रिया टीकापुर नगरपालिका वडा नम्बर १मा रहेको विजिटटीकापुर रिसोर्टमा सम्पन्न भएको हो।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta
टीकापुरका १४ वटा सहकारी संस्थाहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

टीकापुर सहकारी सञ्जालका अध्यक्ष बद्रि प्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. रणबहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो भने टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य र जिल्ला बचत तथा ऋण सहकारी संघ, कैलालीका अध्यक्ष शिवा थापा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रावलले जनताको जीवन स्तर उकास्न सहकारी संस्थाहरुले महत्वपूणर् भूमिका निर्वाह गरेको बताउनुभयो ।

पछिल्लो समय टीकापुर क्षेत्रमा सहकारी संस्थाहरुले राम्रो काम गरिरहेको चर्चा गर्दै डा. रावलले कर्मचारीहरुको क्षमता अभिवृद्धीको लागि सरोकारवाला निकायहरुले तालिम लगायतका कार्यक्रमको आयोजनामा समेत ध्यान दिन जरुरी रहेको बताउनुभयो । सहकारी सञ्जालका उपाध्यक्ष कलावती स्वाँरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छबिलाल जैशीले गर्नुभएको थियो ।

विज्ञापन

कार्यक्रममा सहकारीकर्मीहरु शुभनाथ देवकोटा, कमल ठकुल्ला, धनञ्जय ढुंगाना, चेतराज कुँवर, राजेन्द्र भट्टराई, कला विष्ट, नरेन्द्र टमट्टा, देवेन्द्र कुँवर, लालबहादुर साउँद लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

अन्तरक्रियामा बोल्ने बक्ताहरुले सहकारी संस्था संचालनका क्रममा देखिएका अवसर र चूनौतिका विषयमा आफ्ना धारणा राखेका थिए । सहकारी संस्थाहरुले सदस्य केन्द्रित भएर आफ्ना क्रियाकलापहरु अगाडि बढाउँदा राम्रो हुनेमा जोड दिएका छन् ।