खेलकुद

एथलेटिक्स: पुरूष १५ सय मिटरमा आर्मीका मुकेशलाई स्वर्ण

बिज्ञापन

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरमा दौडमा आर्मीका मुकेश पलले स्वर्ण पदक जितेका छन् ।

बिज्ञापन

पोखरा रंगशाला र्ट्याकमा शनिबार भएको दौडमा मुकेसले विभागीय प्रतिद्वन्दी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

रजत पदक विजेता एपीएफका अजितले ३मिनेट ५३.११सेकेण्डमा निर्धारित दुरि पूरा गरे।

पुलिसका नागेश्वर अघरि ३मिनेट ५६.५सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै कास्य जित्न सफल भए ।

यसअघि महिला तर्फको १सय मिटरमा एपिएफ क्लबकी फुलमति रानमले संवरण जितिन् ।

बिज्ञापन