आस्था /आध्यात्म

बैतडीमा जात्राको रौनक, ३ स्थानीयतहमा सार्वजनिक बिदा

बिज्ञापन

बैतडी: सुदूरपश्चिमका पहाडी जिल्लामा यतिबेला जात्राको रौनक छ । बैतडीका विभिन्न धार्मिक शक्तिपीठहरुमा जात्रा जारी छ । दशैँ तथा तिहारजस्ता ठुला चाड सकिएसँगै यहाँ जात्राको रौनक छाएको हो ।
  
सोमबार र मंगलबार मलौली नगरपालिका १ स्थित जिल्लाकै प्रशिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा बलीसहितको भव्य मेला लाग्दैछ । जात्रामा बैतडीसहित भारतबाटसमेत दर्शनार्थीहरु आउने गरेका छन्।
 
जिल्लाको दशरथचन्द नगरपालिका जगन्नाथ मन्दिरमा मंगलबार जात्रा लाग्दैछ । त्यसैगरी सुर्नया गाउँपालिका ५ को प्रसिद्ध धार्मिक शक्तिपीठ फाल्ङाशैन मन्दिरमा मंगलबार बलीसहितको भव्य मेला लाग्दै छ । सोमबार राति रतेडी मेला लाग्नेछ । सुर्नया गाउँपालिका लगायत बैतडीका विभिन्न क्षेत्रबाट स्थानीयहरु मेला भर्न आउने गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष अमर कुवँरले बताए ।

बिज्ञापन

देशभरकै उत्कृष्ठ सय गन्तब्य मध्येको बैतडीको दशरथचन्द नगरपालिका ८ को त्रिपुरासुन्दरी मन्दिरमा पनि अष्टमी र नवमीमा जात्रा लागेको थियो । दुई दिन लागेको जात्रामा १६० भन्दा बढी पशुहरुको बली दिइएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले जानकारी दिइन् ।
 
तीन स्थानीय तहमा सार्वजनिक बिदा 
जात्राकै अवसरमा यहाका तीन स्थानीय तहहरुमा सार्वजनिक बिदा दिइएको छ । मेलौली नगरपालिकाले सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ । दशरथचन्द नगरपालिका,  सुर्नया गाउँपालिकामा मंगलरबार सार्वजनिक बिदा दिएको हो । 

यसैगरी मन्दिरमा लाग्ने मेलालाई भव्य तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

बिज्ञापन