घटना समाचार

चितवनको जुस उद्योगमा आगलागी

बिज्ञापन

२८ असोज, चितवन ।चितवन । चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो । आज बिहान ४ बजेदेखि आगो लागेको हो ।

करिब चार घण्टामा हामीले आगलागी नियन्त्रणमा लिएका छौं’, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘उद्योगमा आगलागी भएकाले ठूलो क्षति भएको हुनसक्छ । तर, के कति क्षति भयो भन्ने विवरण आउन केही समय लाग्ने छ ।

खैरहनीका दुई र भरतपुरको एउटा दमकलले आगो निभाएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

बिज्ञापन
बिज्ञापन