राजनीति

गठबन्धनका दलले दाबी गर्दैमा चुनाव क्षेत्र छाड्न सकिँदैन: डा. कोइराला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका दलले दाबी गर्दैमा कुनै पनि चुनाव क्षेत्र छाड्न नसकिने बताएका छन्।

कांग्रेस मोरङ क्षेत्र नं. ६ ले शनिबार सुन्दरहरैंचामा आयोजना गरेको एकदिने प्रशिक्षण प्रशिक्षण कार्यक्रममा बोल्दै डा. कोइरालाले गठबन्धनमार्फत चुनावमा जान न्याय संगत रुपमा सीट बाँडफाँड हुनुपर्ने बताए। अहिले देशको प्रतिकूल अवस्थाका कारणले गठबन्धनलाई स्वीकार्नु परेको जिकिर गर्दै कांग्रेसले एक सय सीट पाउनुपर्ने बताए।

बिज्ञापन

“कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ, तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानु परेको हो,” डा. कोइरालाले भने, “एक सय भन्दा कम सीट लिएर गठबन्धनमार्फत चुनावमा जान सकिँदैन।”

गठबन्धनका अन्य दलले दाबी गर्दैमा कुनै क्षेत्र छाड्न नसकिने उनको भनाइ थियो। डा. कोइरालाले भने, “गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न सकिँदैन। सीटमा दाबी गर्ने पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेर मात्रै सीट बाँडफाँड गरिनुपर्छ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ लगायतले बोलेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।