ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौं– एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतबार बसेको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल छानिएका छन् ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको बताए ।

शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गर्दै भदौ २२ सम्म प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
