घटना

कक्षाकोठामा हाँसेको भन्दै शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भाद्र १४, लुम्बिनी । रुपन्देहीको बुटवल–८ दीपनगरस्थित दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाई‌ले कक्षाकोठामा हाँसेको भन्दै कक्षा १० का विद्यार्थी जेनित रायमाझीमाथि निर्घात कुटपिट गरेका हुन् ।
शिक्षकको कुटाइबाट घाइते जेनितलाई लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा उपचार गरिएको छ । उपचारका क्रममा उनको बंगारामा असर पुगेको चिकित्सकले बताएको अभिभावक चन्दाले जानकारी दिइन् ।

गुरागाईंको कुटपिटबाट तिलोत्तमा नगरपालिका–५ का जेनित घाइते भएको उनका अभिभावकको आरोप छ । कक्षाकोठामा हाँसेको भन्दै शिक्षक गुरागाईंले थप्पड हान्दा चोट लागेको जेनितका आमा चन्दा रायमाझीले बताइन् । यसअघि पनि शिक्षकले आफ्नो छोरामाथि पटकपटक कुटपिट गरेको चन्दाको आरोप छ । कम्प्युटर शिक्षक गुरागाईंले आफ्ना छोरामाथि कुटपिट गरेकोबारे विद्यालयमा बुझ्दा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूमाथि नै दुर्व्यवहार गरेको आरोप चन्दाको छ ।

बिज्ञापन

विद्यार्थीलाई शारीरिक यातना दिन नपाइने भए पनि विद्यालयका शिक्षकले पटक–पटक विद्यार्थीहरुलाई कुटपिट गरेकाले उक्त विद्यालयमा विद्यार्थीका असुरक्षित भएको उनको भनाइ छ । विद्यालयका प्राचार्य न्यौपानेले विद्यार्थीलाई कुटपिट भएको भन्ने जानकारी आएको बताए ।

जेनितका अभिभावकमाथि दुर्व्यवहार नगरेको प्रतिक्रिया दिँदै न्यौपानेले आफूले ३५ वर्षको शिक्षण यात्रामा कसैमाथि पनि नराम्रो व्यवहार नगरेको सुनाए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।