राजनीति

गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ। सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरूचुनाव लड्ने पक्काजस्तै छ।

सत्ता गठबन्धन दलका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचनमा भाग लिन चाहन्छन्।

बिज्ञापन

उनीहरू कुन निर्वाचन क्षेत्रबाट चुनाब लड्लान भन्ने आम चासोका साथ हेरिएका बेला गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति देउवा आफ्नै गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने पक्का भएको छ।

देउवाले आफ्नो क्षेत्रबाट मनोनयन दर्ता गराएपछि चुनाव जित्ने करिब पक्काजस्तै भएकाले उनले अन्य क्षेत्रमा जाने विषयमा नसोचेको देउवा निकट नेताहरूले बताएका छन्। तर, गठबन्धनका सहयात्री नेताहरू प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले आफ्नो क्षेत्र छनोट गर्न अझै सकेका छैनन्। माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिलेसम्म आफू कहाँबाट निर्वाचन लड्ने भन्ने बारेमा केही खुलाउनुभएको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।