उदयपुरमा एकै परिवारका तीन जनाको दिउँसै विभत्स हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी गोधाटारमा एकै घरका तीन जनाको विभत्स हत्या भएको छ ।
बेलका नगरपालिका-८ का वडाध्यक्ष जयकुमार राईका अनुसार दाजु पर्ने ४० बर्षीय नरबहादुर बस्नेतले ३० बर्षीय भाइ राजकुमार बस्नेत, ३० बर्षीया बुहारी सरिता बस्नेत र १२ बर्षीय सुजन बस्नेतलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
उनका अनुसार घटना शुक्रबार दिउँसो साढे १२ बजे भएको हो ।
खेतबारीमा काम गर्न जाँदै गर्दा बाटोमा झगडा भएपछि नरबहादुरले उनीहरुमाथि खुकुरी प्रहार गरेका हुन् । उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुँयालले घटनाको पुष्टि गरेका छन् । तर उनले घटनाको विस्तृत विवरण आइनसकेको र सुरक्षाकर्मीको टोली घटनास्थल पठाइसकिएको जानकारी दिएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
