खेलकुद

नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २३० रन बनायो ।

बिज्ञापन

नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । उनले ९५ बलमा ७ चौका प्रहार गरे।

त्यस्तै, देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।

करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए । पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।