स्वास्थ तथा सरसफाइ

सरकारले पैसा नदिएको भन्दै नेपालगञ्ज मेडिकल कलेजद्वारा डायलाइसिस सेवा बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले मृर्गौला रोगीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द गरेको छ ।

सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै मेडिकल कलेजले शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो ।
यस मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । तर, सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।

बिज्ञापन

कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको सूचना अधिकारी सञ्जय कुमार पन्तले जानकारी दिएका छन् । उनले सेवा सुचारी गर्न गराउन प्रयास गरिरहेको पनि बताए ।

बिरङ्ग हेल्थ केयरका म्यानेजर शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताएका छन् । उनका अनुसार बिरामीले अस्पतालमा जतिपटक डायलाइसिस गराएपनि एकपटकमा २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउने गरेका छन् । उक्त सेवा दिएबाफत् सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । तर, आफूहरुले १४ महिनादेखि रकम नपाएको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।