श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ
लोक कल्याणकारी विज्ञापन

स्याङ्जा । स्याङ्जामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा ४२ वर्षीया मञ्जु दमाईको हत्या गरेको आरोपमा उनका पति ४० वर्षीय गोपाल दमाईलाई पक्राउ गरिएको हो ।
बिज्ञापन

स्याङ्जाका डीएसपी रबिन्द्र खनालका अनुसार भदौ १४ मा गोपालकाे कुटपिटबाट गम्भीर घाइते भएकी मञ्जुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
पक्राउ परेका गाेपालमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
