संसदको कार्यकाल लम्ब्याउने कार्य स्वेच्छाचारी र अलोकतान्त्रिक : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने तयारीप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा निर्वाचन आयोगको पूर्व घोषणाविपरीत स्वेच्छारी र अलोकतान्त्रिक कदम चालेको भन्दै यसलाई बन्द गर्न माग गरेका छन् ।

‘प्रतिनिधिसभाको निर्वाचनको प्रक्रिया अघि बढिरहेको र धेरैजसो सांसद काठमाडौंमा नभएको स्थितिमा संसदमा विभिन्न ऐन संशोधन गर्ने र निर्वाचन आयोगको पूर्व घोषणाविपरीत प्रतिनिधिसभाको समयावधि बढाउने गठबन्धन सरकारको स्वेच्छाचारी र अलोकतान्त्रिक कार्य आपत्तिजनक छ । यस्तो काम बन्द होस्’, नेता रावलले लेखेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
