सहयोग तथा उदार

सन्त निरंकारी मण्डल नेपालद्वारा अछामका बाढी पीडितहरुलाई राहत वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, ११ असोज । सन्त निरंकारी मण्डल नेपालद्वारा असोज ९ गतेका दिन अछामका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । गत भदौ ३० र ३१ गते परेको अविरल वर्षाका कारण अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकाका आठ परिवारका २३ जनाले पहिरोले पुरियर ज्यान गुमाउनु परेको थियो ।

मृतकका आफन्तहरुलाई राहत वितरण गर्ने क्रममा कमल बजार नगरपालिकाका मृत्यु हुने ३ घर परिवारका सदस्यलाई नगद स्वरुप रु. ३०,००० (तीस हजार रुपैयाँ) र रु. ४,३६० बराबरको ९० कि.ग्रा. चामल प्रत्येक घर परिवारलाई सो नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, नगर उपप्रमुख शारदा कुमारी विष्ट, वडा अध्यक्ष लाल बहादुर शाह, वडा सदस्य प्रेम बहादुर शाही र समाजसेवी कृष्ण बहादुर शाहीको रोहवरमा सन्त निरंकारी मण्डल नेपाल शाखा अछाम जिल्लाका संयोजक जय बहादुर साउँद तथा ज्ञान प्रचारक नर बहादुर खड्का मार्फत हस्तान्तरण गरिएको छ ।

बिज्ञापन

त्यस्तै तुर्माखाद गाउँपालिकाका मृत्यु हुने ३ जना घर परिवारका सदस्यलाई नगद स्वरुप रु ३०,००० (तीस हजार रुपैयाँ) र रु ४,३६० बराबरको ९० कि.ग्रा चामल प्रत्येक घर परिवारलाई तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर वि.सि. तथा प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीको रोहवरमा सन्त निरंकारी मण्डल नेपाल शाखा अछाम जिल्लाका संयोजक जय बहादुर साउँद तथा ज्ञान प्रचारक नर बहादुर खड्का मार्फत हस्तान्तरण गरिएको छ ।

यस्तै प्रकार ढकारी गाउँपालिकाका मृत्यु हुने २ घर परिवारका सदस्यलाई नगद स्वरुप रु.२०,००० (बीस हजार रुपैयाँ) र रु २,८८० बराबरको ६० के.जी. चामल ढकारी गाउँपालिकाका वडा नं. ६ का वडा सदस्य कर्ण बहादुर साउँदको रोहवरमा सन्त निरंकारी मण्डल नेपाल शाखा अछाम जिल्लाका संयोजक जय बहादुर साउँद तथा ज्ञान प्रचारक नर बहादुर खड्का मार्फत हस्तान्तरण गरिएको कुरा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले मालिका समाचारलाई बताउनु भयो । उहाँले अछाममा कुल रु ९१ हजार ६ सय रुपैयाँ बराबरको राहत सामग्री बितरण गरिएको जानकारी गराउनुभयो ।

उहाँले नेपालका विभिन्न ठाउँमा भएका बाढी पीडितहरुको लागि अझैपनि सन्त निरंकारी मण्डलले नेपाल अधिराज्यबाट नेपालमा संचालित विभिन्न सत्संग मार्फत राहत संकलन भइरहेको र निकट भविष्यमा चाँडै ठुलो मारमा परेका बाढी पीडितहरुको सही आंकलन गरि राहत वितरण गर्ने बताउनु भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।