बिश्व

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण १० को मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण कम्तीमा दशको मृत्यु भएको छ । यस प्रकोपको कारण यहाँ लाखौं मानिसहरू शरणार्थी बन्न पुगेका छन् ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको थियो । त्यसपछि अन्य पाँचजनाको मृत्यु भएको जनाइएको छ ।

बिज्ञापन

फिलिपिन्स विश्वव्यापीरुपमा सबैभन्दा प्रकोप–प्रवण देशमध्ये एक हो । मुख्यतया प्यासिफिक रिङ्ग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण औसतमा, द्वीपसमूह देशमा वार्षिक २० ओटा आँधी आउने गरेको पाइन्छ । यीमध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।