कसैको बहुमत आउँदैन, हामीले मिलेर चुनाव लड्ने संस्कृतिको विकास गर्यौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको बताएका छन् ।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै आफूहरुले मिलेर चुनाव लड्ने संस्कृतिको विकास गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई स्थायित्व दिनुपर्छ। प्रतिगमनको खतरा अझै छ। त्यसैले सबै मिल्नुको विकल्प छैन। संविधान समावेशी र जनताको पक्षमा भएकाले त्यसको रक्षा गर्नुपर्छ।’
गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे । ‘कुनै पार्टीको बुहमत आउँदैन। त्यसैले मिलेर चुनाव लड्ने संस्कृतिको विकास भएको छ । हामी मिलेर देशको गरिबी हटाउँछौँ । यसलाई चुनौती र अवसरको रुपमा लिनुपर्छ’ उनले भने ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
