टीकापुर

गठबन्धनमा रहेका दलहरूले रेशम चौधरीबारे भ्रमपूर्ण अभिव्यक्ति दिइरहेका छन् : रन्जिता श्रेष्ठ चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३१ असोज । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले गठबन्धनमा रहेका दलहरूले रेशम चौधरीबारे भ्रमपूर्ण अभिव्यक्ति दिइरहेको अरोप लगाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा चौधरीले गठबन्धनले जिते रेशम रिहा हुन्छन् भन्ने अभिव्यक्तिबारे नेताहरुले प्रष्ट पार्नुपर्ने बताइन् ।

एक कार्यक्रममा केही समयअघि कांग्रेस नेता राम जनम चौधरी गठबन्धनको सरकार आए रेशम चौधरी रिहा हुने प्रतिक्रिया दिएका थिए । त्यसलाई इङ्गित गर्दै उनले सरकारम हुँदा पनि रिहा नगरेर अहिले भ्रम फैलाउने काम भइरहेको टिप्पणी गरेकी हुन् ।

बिज्ञापन

‘यदि अहिले विभिन्न गठबन्धनवाला मध्य कोही गठबन्धनवालाले रेशम हामीले जिते छुट्छ भनी भन्छन् भने म ती सबैलाई यत्ति भन्छु,रेशमलगायतका अन्य मानिसहरु नेलमा बन्धकी जीवन बिताइरहँदा तपाईंहरु छुटाउने ठाउँमा हुनुहुन्थेन र ?’, उनले प्रश्न गरेकी छन् । सरकारले मुद्दा फिर्ता गर्दा पनि रिहा नगरेर अहिले फेरि रेशमको विषयमा गलत राजनीति नगर्न आग्रह गरेकी छन्

‘अस्ति भर्खर होइन र सरकारले मुद्दा फिर्ता गर्यो अब रेशम लगायतका मानिस छुट्छन भनेको ? अनि खै त आजसम्म छुटेको ? अनि अब फेरि तपाईंहरुले बोलेको विश्वास कसरी गर्ने ?’ उनी भन्छिन्, ‘हाम्रो उपस्थितिले जब संसदमा निति निर्माणमा हस्तक्षेप गर्न सक्ने ल्याकत राख्नेछ त्यो दिन के सडक के सदन हाम्रो सुनुवाइ हुनेछ ।’

रेशमलगायत टीकापुर घटनाको आरोपमा रहेकाहरुको उन्मुक्तिबारे आफ्नो पार्टीले मात्र वकालत गरिरहेको बताइन् । रेशम पत्नी रन्जिता श्रेष्ठ अहिले कैलाली १ बाट उम्मेदवार छन् । अघिल्लो पटक रेशम चौधरी यही क्षेत्र बाट भारी मतले विजयी भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।