सैनिक जवानद्वारा ब्यारेकमै आत्महत्या

एकछिनअगाडि एक जना सैनिक जवानले आत्महत्या गरेका छन् । बिहान ०६:३० बजे काठमाण्डौ महानगरपालिका वडा नम्बर -८ गुहेश्वरी फाँटस्थित त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब भवनकाे पहिलाे तलाकाे सिँढी छेउ उनी झुण्डिएका हुन् ।
नयाँ श्रीनाथ गणमा दरबन्दी भई गल्फ क्लबतर्फ काजमा कार्यरत नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं -५ स्थायी घर भई (हाल तिलगंगा बस्ने) बर्ष -४२ का उनको ब्याच नम्बर १९८१३० र नाम भुवन पुडासैनी हो । उनी डाेरीकाे पासाे लगाई झुण्डिएको अवस्थामा फेला परेकाे र घटनास्थलमा गाैशाला चौकीबाट इन्स्पेक्टर एसपी आचार्यकाे कमाण्डमा गएकाे प्रहरी टाेलीले अनुसन्धान तथा मुचुल्का उठाउने कार्य गरिरहेको बुझिएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
