राजनीति

दबाब र प्रभावमा नपरी भोट खसाल्न निगरानी समितिको सुझाव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जवाफदेहिता निगरानी समितिले स्वच्छ छविका योग्य, इमान्दार तथा लगनशील प्रतिनिधि चुन्न आममतदातालाई आग्रह गरेको छ ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचन मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताको प्रश्नसँग जोडिएको भन्दै समितिले कुनै दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेको हो ।

बिज्ञापन

भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न, न्याय तथा मानवअधिकार विरोधी उम्मेदवारलाई भोट नहाल्न पनि समितिले विज्ञप्तिमार्फत सूसुचित गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवम् न्याय तथा मानवअधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित पार्दै स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानवअधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई चुन्न निगरानी समिति आममतदातालाई आग्रह गर्दछ ।’

कानूनी छिद्रको फाइदा उठाएर हत्या, भ्रष्टाचार तथा अन्य गम्भीर फौजदारी आरोप लागेका तथा प्रमाणित व्यक्तिहरु प्रतिनिधि बन्दा राजनीतिक बिचलन, विसङ्गति बढेको तथा अन्तर्राष्ट्रिय छविमा आँच पुगेको समितिको ठहर छ । पाँच वर्षमा एक पटक आउने निर्वाचनमा विवेकको प्रयोग गरेर मात्र मतदान गर्नुपर्नेमा समितिको जोड छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।