राजनीति

सर्वसाधारणका सुझाव लिन एमाले अध्यक्ष ओलीले प्रत्यक्ष टेलिफोन संवाद गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा ओलीले सर्वसाधारणको सुझाव सुन्नका लागि प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका हुन् ।

बिज्ञापन

४ कार्तिकमा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने उनको सचिवालयले जनाएको छ ।

कुराकानी गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको ईनबक्समा पठाउनुपर्ने छ । सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफै फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका छन् ।

कुराकानीका लागि ४ गते अपराह्नको समय छुट्याइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।