चेकमार्फत घुस, २८ लाखसहित इन्जिनियर पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्।
१६ लाख नगद र १२ लाखको चेकसहित उनीहरू नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको क्वार्टरबाट पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उनीहरूलाई अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
बिज्ञापन

इन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरूले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
