महेन्द्रनगरस्थित एक होटेलमा साथीसँगै सुतेका युवक मृत भेटिए
लोक कल्याणकारी विज्ञापन

कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलमा साथीसँगै सुतेका युवक मृत भेटिएका छन् । महेन्द्रनगरस्थित गल्ली नम्बर ४ मा रहेको रारा होटलमा एक जना युवक मृत भेटिएको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले उक्त होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका–१ का किसन साउँद मृत भेटिएको जानकारी दिए। साथीसँग होटलमा सुतेको रहेको बताउँदै सुतेकै अवस्थामा मृत भेटिएको उनले बताए ।
लोक कल्याणकारी विज्ञापन

सँगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएको डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको जनाइएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

