राजनीति

चित्रबहादुर र मोहनविक्रमलाई कारबाही गर्दै विद्रोही समूहले ब्यूँतायो मोटो मशाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय जनमोर्चाको भूमिगत संगठन नेकपा मसाल (पातलो मसाल) बाट विद्रोह गरेको समूहले नेकपा मशाल (मोटो मशाल) ब्यूँताएको छ । जनमोर्चाको भूमिगत मोर्चा मानिने नेकपा (मसाल) बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको हो । राष्ट्रिय जनमोर्चा हाल सत्ता गठबन्धनमा रहेको छ, भने विद्रोही संगठन गठबन्धनमा छैन ।

मशालले आगामी निर्वाचनमा भाग नलिने पनि बताएको छ । नेकपा मसालसँग असन्तुष्ट समूहले लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रूपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो । महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । 

बिज्ञापन

महाधिवेशनबारे जानकारी गराउन बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गर्नुपरेको बताए । उनले मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएको दाबी गरे ।

मशाल पार्टीको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला हुने उनले जानकारी दिए । पार्टी पोलिटब्युरो सदस्यहरू कृष्णराज पौडेलले बागलुङ, अर्घाखाँची, प्यूठानसहित ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन बनेको बताए । महाधिवेशनले पार्टीको सहयोगी संगठनको रुपमा रहेको जातीय समता समाजलाई विघटन गरेको छ । स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरूसमेत राष्ट्रिय जनमोर्चाका ५० प्रतिशत नेता–कार्यकर्ता आफ्नो पक्षमा रहेको महासचिव नेपालीको दाबी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।