राष्ट्रिय समाचार

बालेनलाई फुटफाट व्यवसायीको चेतावनी- विकल्प नदिए सडकमै आउँछौँ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडकपेटीबाट हटाएका व्यवसायीले आफूहरु देशको नागरिक हो कि होइनौं भन्र्दै विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

लोक कल्याणकारी विज्ञापन

महानगरले राज्य आतंक सिर्जना गरेर आफूहरुको रोजीरोटी खोसेको बताउँदै उनीहरुले विकल्प नदिए पुनः सडकमा फर्किने चेतवानी दिएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा केही दिनअघि थापाथलिबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प एक मात्र बाँच्ने आधार नै खोसेर महागरले अमानवीय व्यवहार गरेको गनासो गरिन् ।

बिज्ञापन

बिहीबार अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, ‘के हामी यो देशका नगरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठिबास लगाउने ?’

आफूले रोई कराई गर्दासमेत महानगरले मेयर साहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको बताइन् । थापाथलीस्थित प्रशुति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजरा चलाउँदै आएकी थिइन् ।

त्यस्तै, हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ताचप्पल बेच्ने विमला चौलागाइँले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुडेर लगेको बताइन् ।

अर्की पीडित रामेछाप मन्थली घार भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कस्लाई भन्ने भन्दै भावुक भइन । गाउँको जग्गा जमिन बाँजो राखेर किन फुटपाथमा व्यवसाय गर्नु भन्ने तर्क गर्नेहरुलाई उनले प्रश्न गरिन्, ‘गाउँघरमा हामीले व्यापार व्यवसाय वा जमिनमा खेती गर्ने वातावरणचाहिँ खोई त ?’

नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले विना बिकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र शाहले गरिब तथा स्वोरोजगार नागरिकलाई अमानविय व्यवहार गरेको भन्दै उनि विरुद्ध छिट्टै सडकमा उत्रने उद्घोषसमेत गरे । उनले फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरुलाई कुनैपनि विकल्प बिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यी प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोषित भएको बताएका छन् ।

अध्यक्ष थापाले नेपालको श्रम बजारमा औपचारिक ३५ लाख तथा अनौपचारिक २५ देखि ३० लाख श्रमिक क्रियाशिल रहेको र विगतदेखि वर्तमानका ठूलाठूला परिवर्तनमा उनीहरुको अहम भूमिका रहेपनि हरेक पटक शाशकहरुले पेल्ने गरेकाले फेरि बिद्रोहमा जान बाध्यता आउने बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन