घटना

श्रीमतीलाई बलात्कार गरेको आरोपमा फुर्वा तामाङ पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा फुर्वा तामाङ पक्राउ परेका छन् । उनकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिएपछि भक्तपुर प्रहरी कार्यालयले असोज २६ गते फुर्वालाई पक्राउ गरेको हो । 

उनकी श्रीमतीले बिहेपछि आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको, पटकपटक जबरजस्ती करणी गरेको र अप्राकृतिक सम्बन्ध राखेर दु:ख दिएको भन्दै प्रहरीसमक्ष उजुरी दिएका थिए । उनकी श्रीमतीको उजुरीपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको हो । जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी हिरासतमा राखेर फुर्वामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बिज्ञापन

श्रीमतीबाट हनीट्रपमा परेको भन्दै केही महिनाअघि फुर्वाले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेका थिए । त्यसपछि पक्राउ परेका उनकी श्रीमतीले फुर्वाविरुद्ध जेलबाटै वैवाहिक जबरजस्ती करणीको उजुरी दिएका थिए । उनी अहिले सुनधारा कारागारमा छन् । 

फुर्वाले श्रीमतीले आफूसँग भएको जायजेथा र सुनचाँदीको गरगहना गरी करिब डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरको थिए । त्यसपछि उनी श्रीमती पक्राउ परेका थिए । 

सामाजिक सञ्जालबाट माया-प्रेम बसेर उनीहरूले केही समयअघि विवाह गरेका थिए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।