घटना

पटका गोदाममा विस्फोट, आधा दर्जनको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतमा एउटा पटाका गोदाममा विस्फोट हुँदा छ जनाको ज्यान गएको छ । मध्य प्रदेशको मुरैनास्थित एक घरमा रहेको पटाका गोदाममा विस्फोटपछि भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

बीबीसी हिन्दीका अनुसार पटाका गोदाम एउटा घरमा राखिएको थियो । विस्फोटबाट घर पूरै ध्वस्त भएको छ । घटनास्थलबाट एक बालकको उद्धार गरिएको बताइन्छ ।

बिज्ञापन

बम विष्फोटको सूचना पाएलगत्तै प्रहरी–प्रशासन घटनास्थलमा पुगेको छ । भग्नावशेषमा धेरै मानिस फसेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । विस्फोटको कारण पटाका हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।