टीकापुर

प्लास्टिकजन्य फुल तथा मालामा प्रतिबन्ध हुँदापनि टीकापुरमा त्यसको सिधा उल्लंघन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ५ कार्तिक । प्लास्टिकजन्य फूल तथा मालामा प्रतिबन्ध हुँदापनि टीकापुर बजारमा त्यसैको सिधै उल्लंघन भएको पाईएको छ ।

टीकापुर नगरपालिकाको मताहतमा तिहारलाई लक्षित गरेर टीकापुरको भानुचौकमा अस्थायी बजारको व्यवस्थापनगरि तिहारमा चाहिने सामग्रीहरु उपलब्ध रहेका छन् जसमा भर्खरै केन्द्र सरकारले तिहार र छठ पर्वमा प्लास्टिकजन्य फूल तथा माला वितरण गरेको पाईएमा कारबाही हुनेभनि वातावरण विभागले साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरेर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयत, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । यदि कसैले उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म तथा विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।

बिज्ञापन

तर टीकापुर क्षेत्रमा विभिन्न पसल तथा विशेष गरेर भानुभौकमा अस्थाई रुपमा संचालनमा रहेको बजारमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामाग्री खुल्ला रुपमा बिक्री भइरहेको छ । यसतिर स्थानीय सरकारले प्रतिबन्ध लगाउनु पर्ने ठाउँमा उल्टै उनीहरुलाई प्रत्सोहन दिएर बिक्री–बितरण गर्नुमा सहयोग गरेको टीकापुर बासीहरुको गुनासो रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।