राष्ट्रिय समाचार

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचनको खर्च विवरण नबुझाएका तर आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेका उम्मेदवारलाई शनिबारसम्म खर्च विवरण बुझाउन आयोगले समय दिएको हो ।

बिज्ञापन

शनिबारसम्मको अन्तिम समयसम्म तोकिएको जरिवाना नबुझाए आयोगले समानुपातिकबाट नाम हटाउने चेतावनी समेत दिएको छ । आयोगले समानुपातिक बन्दसूचीमा रहेका ४ सय ३९ जना उम्मेदवारलाई जरिवाना बुझाउन यसअघि नै सूचना समेत जारी गरेको थियो ।

उम्मेदवारले शनिबार दिनभर सम्बन्धित कार्यालयमा जरिवाना रकम बुझाउन सक्ने छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।