राजनीति

प्रचण्डद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् 

गोरखा-२ का उम्मेदवार रहेकाअध्यक्ष प्रचण्डले शनिवार ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् । प्रचण्डले गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर योजनाहरु सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्ने, रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैंची खेती, सुन्तला खेती, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।