देशलाई अफ्ठ्यारो परेका बेला एमाले र राप्रपा एक ठाउँमा उभिन्छन् : राजेन्द्र लिङदेन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई अफ्ठ्यारो परेका बेला एमाले र राप्रपाको सहकार्य हुने बताएका छन् ।
झापामा एमाले-राप्रपा संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारोमा परेका बेला आफू एमालेको साथमा रहने बताए ।

चुनाव केन्द्रित भेलालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको राजनीतिमा देशलाई अप्ठ्यारो पर्यो भने, हामी एक ठाउँ उभिएर सामना गर्न तयार छाैं भनेर सांकेतिक रूपमा केही स्थानहरूमा सहकार्य गरेर आएका छौँ ।’
यसअघि पनि एमालेको सहयोगमा नै प्रतिनिधिसभामा विजयी बनेका लिङदेनले केही स्थानमा सांकेतिक रूपमा एमालेसँग मिलेर निर्वाचन लड्ने तय भएको बताए ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा केही विकास भएन भनेर गठबन्धन नेताहरूले आरोप लगाइरहेको उल्लेख गर्दै विजयी प्रतिनिधिले नभई हारेको नेताले विकास गर्छ त ? भन्दै प्रश्न गरे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
