राष्ट्रिय समाचार

पल शाहको मुद्दाको सुनुवाइ फेरि स्थगित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पल शाहको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहको मुद्दामा बुधबार तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुने भनिएकोमा स्थगित भएको हो । यसअघि भदौ १५, असोज २ र असोज २६ गते सुनुवाइ स्थगित भएको थियो ।

बिज्ञापन

उनका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीशहरु निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको हो । अबको सुनुवाइ निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र तय हुनसक्ने अधिवक्ता वाग्लेले बताए ।

नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।

गत फागुन ११ गते बालिकाका बुवाले छोरीमाथि शाहले पटक पटक करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।